सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

नेपालगन्जको मेयरमा प्रशान्त र उपमेयरमा कमरुद्दिन विजयी

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई विजयी भएका छन् ।

विष्ट २३४६० मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत ल्याए । विष्टले ११७८५ मतान्तरले जितेका छन् । राप्रका नन्दलाल वैश्यले ७५९८ मत पाए ।

यस्तै उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका राई १७९५० मतका साथ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १०९१५ मत पाइन् । राई ७०३५ मतान्तरले विजयी भएका हुन् ।

राप्रपाकी बिन्दु चर्ती मगरले १०१३५ मत पाइन् । नेपालगन्जमा सत्तारुढ दलहरुबीच मेयर र उपमेयरमा गठबन्धन थियो । वडामा भने एक्लाएक्लै भिडेका थिए । नेपालगन्जका २३ वडामध्ये जसपाले ६, कांग्रेस र एमालेले ५/५, माओवादी केन्द्रले ४ र राप्रपाले ३ वटा वडा जितेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०८:३६