सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा ७० हजार ३८९ मतगणना हुँदा बालेनलाई २६ हजार ५९१ मत

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । ७० हजार ३८९ मतगणना हुँदा बालेनले २६ हजार ५९१ मत पाएका छन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापितले १४ हजार १६५ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत पाएकी छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०८:१८