सूचनाको शक्ति - The Power Of Information

        

मतगणना नसकिँदै नेपालगञ्जमा मेयर/उपमेयरको जित सुनिश्चित

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन दलबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राईले दुई वडाको मतगणना नसकिँदै जित सुनिश्चित गरेका छन्।

नेपालगञ्जमा अहिले वडा नम्बर १३ र १४ को मतगणना अन्तिम चरणमा पुगेको छ।  हालसम्म गणना भएका २१ वडाको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका विष्टले २१६७८ मत प्राप्त गरेका छन्।

विष्ट नेकपा एमालेका पशुपतिदयाल मिश्रभन्दा १०६८६ मतले अगाडि छन्। जबकी यहाँ वडा नम्बर १३ र १४ को खसेको मत ३६०० हाराहारी मात्रै हो। मेयरमा राप्रपाका नन्दलाल बैश्यले ७१४५ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपमेयरमा पनि गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राईको जित सुनिश्चित भइसकेको छ। उनले १६११८ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकी शान्तिदेवी ढकालले १०४१४ मत प्राप्त गरेकी छन्।  उनीहरूको बीचमा ५७०४ को मतान्तर छ। त्यस्तै, उपमेयरमा राप्रपाकी विन्दु चर्ती मगरले ९६४८ मत प्राप्त गरेकी छन्।

नेपालगञ्जमा २३ वडामध्ये २१ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०८:१३