बाँकेको राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई राप्तीसोनारी गाउपालिका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र हस्तान्त्रण गरेको छ ।
राप्तीसोनारी गाउपालिका निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित ९ वटै वडाका वडा अध्यक्ष र सदस्यलाई एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्त्रण गरिएको हो ।
प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै राप्तीसोनारीका मुख्य निर्वाचन अधिकृत टोपेन्द्र केसीले आइतबारसम्म अध्यक्ष पौडेललाई सपथ ग्रहण गराउने तयारी भइरहेको बताए । उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यलाई अध्यक्ष पौडेलको सपथ ग्रहण पश्चात गराइने केसीले बताए ।
राप्तीसोनारीको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न गराउन सफल भएकोमा सबै मतदाता र राजनीतिक दल, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सबैलाई केसीले धन्यवाद व्यक्त गरेका थिए ।
सत्यपाटी । बाँके ।