सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज १६ मा माओवादीको प्यानल निर्वाचित

बाँकेको नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १६ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्रका कलीम अहमद जोलाहा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी(जसपा)का सलीम जोलाहालाई २९८ मतको अन्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

माओवादीका कलीमले १३८४ मत प्राप्त गरे, भने उनका निकटतम प्रतिद्धन्द्धी सलीमले १०८६ मत ल्याएका छन् । निर्वतमान वडाअध्यक्ष समेत रहेका नेपाली कांग्रेसका हनिफ जोलाहाले १०१७ मत प्राप्त गरे । नेकपा एमालेका एकरार अलि कवाडियाले ५८ मत प्राप्त गरेका छन् ।

यस्तै राप्रपाका रोशन अलि जोलाहाले ३६ मत प्राप्त गरे । उक्त वडामा माओवादी केन्द्रकै वडासदस्यहरु निर्वाचित भएका छन् । मोहेयद्दीन कवडीया, रामनरेश कहार, खिजय रानी कुर्मी र रमादेवी चमार निर्वाचित भएका छन् ।

सो वडामा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले जितेको थियो । उक्त वडा नेपालगन्जको जयसपुरमा पर्दछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०७:२७