सूचनाको शक्ति - The Power Of Information

        

भलिबल खेल्ने क्रममा कुटपिट गर्दा एक जनाको मृत्यु, पाँच पक्राउ

भलिबल खेल्ने क्रममा कुटपिट गर्दा जाजरकोटमा एक जनाको मृत्यु भएको छ।

घटना गत मंगलबारको हो। जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ धडगाँडका ३६ वर्षीय रेशमबहादुर खड्कामाथि भलिबल खेल्ने क्रममा कुटपिट भएको थियो।

कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा गएराति १२ बजे बाटैमा मृत्यु भएको थियो।

कुटपिटबाट मृत्यु भएपछि इलाका प्रहरी कार्यालय पंचलादहबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जुनिचाँदे गाउँपालिका–९ का २५ वर्षीय नरेन्द्र बस्नेत, २० वर्षीय जनक बस्नेत, २० वर्षीय प्रेमबहादुर बस्नेत, १७ वर्षीय रवीन बस्नेत र ३० वर्षीय शिव बस्नेत छन्।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १८:५३