सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा कांग्रेसको ४ सय ८९ मतान्तर

बाँकेको कोहलपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका पूणर् आचार्यले ४ सय ८९ मतान्तरका साथ अग्रता कायम गरिरहेका छन् ।

हालसम्म २० हजार ९ सय ४८ मत गणना गर्दा आचार्यले ६ हजार ३ सय २ मतका साथ अग्रपंक्तिमा रहेका छन् । उनलका प्रतिस्पर्धी नेकपा एमालेका खिल प्रसाद भुसाल ५ हजार ८ सय १३ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी संगिता सुवेदीले ६ हजार ५ सय ३२ मत ल्याउँदै अग्रस्थानमा रहेकी छिन् भने नेकपा एमालेकी अस्मिता चौधरीले ५ हजार २ सय ११ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् ।

उपमेयरमा सुवेदी र चौधरीबीच १ हजार ३ सय २१ मतको अन्तर रहेको छ ।

हालसम्म कोहलपुरका वडा नम्बर १, २, ३, ४, १३, १४ र १५ को मत गणना सम्पन्न भई सकेको छ भने अहिले १२ नम्वरको मतगणना जारी छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १८:१६