सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको मेयर र उपमेयरमा गठबन्धनको फराकिलो अग्रता

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा प्रशान्त विष्ट भारी मतका साथ अग्रस्थानमा छन् । हालसम्म १८ वडाको मतगणना सकिँदासम्म विष्ट १८३४८ मतका साथ अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका एमालेका पशुपतिदयाल मिश्रले १०००५ मत पाएका छन् । विष्टले ८३४३ मतान्तरले लिड गरेका छन् । तेस्रो स्थानमा रहेका नन्दलाल बैश्यले ६५५४ मत पाएका छन् ।

यस्तै उपमेयरमा जसपाका कमरुद्दिन राई १३३३० मतका साथ अगाडि छन् । अहिले उपमेयरमा एमालेकी शान्तिदेवी ढकाल दोस्रोमा उक्लिएकी छिन् । उनले ९४८७ मत ल्याएकी छन् । उनीहरुको मतान्तर ३८४३ छ ।

राप्रपाकी बिन्दु चर्ती मगरले ८८०८ मत पाएकी छिन् । अहिले नेपालगन्जका वडा नम्बर १२, १३, १५ र १६ को मतगणना जारी छ । वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १७, १८, १९, २०, २१, २२ र २३ को मतगणना सम्पन्न भइसकेको छ भने बाँकी वडाको मतगणना जारी रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १५:५३