ललितपुर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार बनेका नरसिंह व्यञ्जनकार पराजित बनेका छन् ।
यसअघि १० पटकसम्म वडाध्यक्षमा निर्वाचित बनेका उनी यस पटक भने पराजित बनेका छन्। ११ औं पटक वडाध्यक्ष निर्वाचित हुने उनको योजनालाई काँग्रेसका उम्मेदवारले ब्रेक लगाइदिए ।
वडा नम्बर १० को अन्तिम मतपरिणाम अनुसार व्यञ्जनकारले ५४३ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवार रविन मान व्यञ्जनकारले ८२५ मत पाए ।
यस्तै राप्रपाका वीरबहादुर तामाङले ८० तथा माओवादीका रघुनाथ दुलालले ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ११ पटक पनि अध्यक्ष बन्ने योजनामा रहेका व्यञ्जनकार ८१ वर्ष पुगिसकेका छन् ।
उनी २०२९ सालदेखि पटक पटक गरेर १० पटक वडाध्यक्ष बनिसकेका थिए ।
सत्यपाटी । काठमाडौँ ।