ललितपुर महानगरमापलिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यन्जनकार भन्दा ७ हजार ४ सय ७२ मतले अगाडि हुनुहुन्छ ।
ललितपुर महानगरको ३१ हजार १९ मत गनिसक्दा महर्जनले १६ हजार ४ सय ९ मत पाउनु भएको छ ।
एमालेको व्यन्जनकारले ८ हजार ९ सय ३७ मत पाउनु भएको छ ।
उपमेयरमा भने एमालेकी मन्जली शाक्य ८ हजार ८ सय ४० मतसहित अगाडि हुनुहुन्छ ।
माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ६ हजार ५ सय ८३ मत पाउनु भएको छ ।
सत्यपाटी । ललितपुर ।