भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ। दाहालको अग्रता फराकिलो हुँदै गएको छ।
३८ हजार ८६४ मतगणना हुँदा दाहालले ३ हजार १ मतले अग्रता कायम गरेकी छन्। उनले १४ हजार ७६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन्।
त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन्। उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले आफूलाई अग्रस्थानमा राखेका छन्। उनले १७ हजार ९६ मत ल्याएका छन्।
अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमला गुरुङले ९ हजार ५०१ मत ल्याएकी छन्। हाल वडा नं ९ को मतगणना चलिरहेको छ, जसमा एमालेले ८४४ मत प्राप्त गरेको छ भने समाजवादीले १ हजार १५३ मत प्राप्त गरेको छ।
यसअघि, गणना भएका १, २, ४, ५, ६ र ८ मा नेपाली कांग्रेसले जित हासिल गर्दा ३ मा एमालेले र ७ नम्बर वडामा समाजवादीले जितेको थियो।
सत्यपाटी । काठमाडौँ ।