सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि बस्दै

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । दुवै सदनका बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।

प्रतिनिधि सभाको ११औँ अधिवेशनको तेस्रो र राष्ट्रिय सभाको १२ औँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९÷०७० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल जारी रहनेछ ।

संसद्मा हिजोदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको छ । यस्तै, राष्ट्रियसभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९÷०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) सम्बन्धमा छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०८:३२