सूचनाको शक्ति - The Power Of Information

        

४७५ पालिकाकाे मतपरिणाम सार्वजनिक : कांग्रेस २१२, एमाले १३४ र माओवादी ९४ वटामा विजयी

चार सय ७५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले दुई सय १२ वटा पालिकाको प्रमुख पद जितेर अग्रता कायमै राखेको छ ।

एक सय २६ नगरपालिका र तीन सय ४९ गाउँपालिकाको नतिजा सार्वजनिक हुँदा कांग्रेसले ६६ नगरपालिकाको मेयर र एक सय ४६ वटा गाउँपालिकाको अध्यक्ष जितेको हो । यस्तै कांग्रेसले ५६ वटा नगरपालिकाको उपमेयर र एक सय ५० वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

एमालेले अहिलेसम्म ३६ वटा नगरपालिकाको मेयर र ९८ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ३४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ४२ वटा नगरपालिकाको उपमेयर र ९७ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

नेकपा माओवादी केन्द्रले १४ वटा नगरपालिकाको मेयर र ८० वटा गाउँपालिकाको अध्यक्ष गरी ९४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २० वटा नगरपालिकाको उपमेयर र ८१ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

नेकपा एकीकृत समाजवादीले तीन वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष तथा पाँच वटा नगरपालिकाको उपमेयर जितेको छ ।

नेकपा एकीकृत समाजवादीले उपमेयर र उपाध्यक्ष गरी १५ वटा पालिकामा जितेको छ । जसपाले नौ वटा पालिका मेयर तथा अध्यक्ष र नौ वटै पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १८:२६