सूचनाको शक्ति - The Power Of Information

        

तुलसीपुर उपमहानगरको मेयरमा कांग्रेस, उपमेयरमा एमालेको अग्रता

दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयरमा गठबन्धनले अग्रता सुरु गरेको छ । उपमेयरमा भने नेकपा एमालेको अग्रता छ ।

गठबन्धनका तर्फबाट मेयर उम्मेदवार काङ्ग्रेसका गेहेन्द्र गिरिले ४६२ मतका साथ अग्रता लिएका छन् भने एमालेका टिकाराम खड्काले ४५४ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमालेकी स्यानी चौधरीले ४६१ मतका साथ अग्रता लिएकी छिन् ।

गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले ३३५ मत प्राप्त गरेका छन् । अहिलेसम्म यो उपमहानगरमा १ हजार ५० मत गणना भएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १३:०३