सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरमा गठबन्धनको फराकिलो अग्रता

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार पशान्त विष्टले दोब्बर मतले अग्रता लिएका छन् ।

विष्टले १३५४७ ल्याउँदा नेकपा एमालेका पशुपतिदयाल मिश्रले ६३९७ मत ल्याएका छन् । मिश्रभन्दा विष्टले ७१५० मत अन्तरले अग्रता लिएका छन् ।

यस्तै राप्रपाका मेयर नन्दलाल बैश्यले ५३४५ मत ल्याएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीका कमरुद्धिन राईले १०८४१ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी शान्ति ढकालले ६०७९ मत ल्याएकी छन् भने उपमेयरमा राप्रपाकी विन्दु चर्तिमगरले ६९७१ मत ल्याएकी छन् ।a

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १२:४६