सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ ९ सय रुपैयाँले घट्यो

सुनको भाउ आज ९ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ११:३३