सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा आचार्य र सुवेदी अगाडी, एमालेका भुसाल २६४ मतले पछाडी

कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य र संगिता सुवेदीले अग्रता लिइरहेका छन् । आचार्यले ५४९७ मत ल्याएर अग्रता लिएका छन् ।

यस्तै नेकपा एमालेका खिलप्रसाद भुसालले ५२३३ मत प्राप्त गरेका छन् । कांग्रेसका आचार्य र एमालेका भुसालबीच २६४ मतको अन्तर रहेको छ । यसैगरी नेकपा(माओवादी केन्द्र)का नरेन्द्र न्यौपाने ४४९४ प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

यसैगरी उप प्रमुखमा सुवेदीले ५७०७ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् । नेकपा एमालेकी अस्मिता चौधरीले ५५५५ मत प्राप्त गरिन् । संगिता र अस्मिताबीच अहिले १५२ मतको अन्तर देखिएको छ । नेकपा (एकिकृत समाजवादी) की नारायणी ओलीले २१०९ मत प्राप्त गरेकी छन् ।

कोहलपुर नगरपालिकामा अहिलेसम्म १८४९७ मत गणना सम्पन्न भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कोहलपुरको वडा नम्बर १, २, ३, १३, १४, र १५ को मतगणना भएको छ ।

Kohalpur1652847930.jpg

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ११:२२