सूचनाको शक्ति - The Power Of Information

        

बाँकेका ३३ वडाको नतिजा सार्वजनिक, कहाँ कस्ले जिते?

बाँकेका ८१ वटा वडा मध्ये मंगलबार बिहानसम्म ३३ वडाको अन्तिम मत परिणाम सार्बजनिक भएको छ ।

जसमा एमालेले ९, माओवादी केन्द्रले ९, काँग्रेसले ८, जसपाले ५ र राप्रपाले २ वटा वडा जितेका छन् ।

कसले कहाँ जिते
१. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी

२. नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी

३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो. रजा राई बिजयी

४. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी

५. राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी

६. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी

७. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी

८. डुडुवा गाउँपालिका १ मा कांग्रेसका पटेश्वरी कुर्मीको प्यानल नै विजयी

९. नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी

१०. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली बिजयी

११. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी

१३. नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी

१४. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी

१५. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी

१६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

१७. नेपालगन्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित

१८. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो। अयुव सिद्दिकी विजयी

१९. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

२०. राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का ९सन्तोष० विजयी

२१. नेपालगञ्ज २० मा जसपाका कौशल कुमार धोवी निर्वाचित

२२. राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी निर्वाचित

२३. कोहलपुर २ मा कांग्रेसका हरिसिंह कठायत निर्वाचित

२४. खजुरा ४ मा माओवादी केन्द्रका टेक बहादुर रोका क्षेत्री निर्वाचित

२५. डुडुवा २ मा जसपाका दुर्गा प्रसाद बर्मा निर्वाचित

२६. खजुरा ३ मा एमालेका पूर्ण बहादुर भण्डारी निर्वाचित

२७. नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन विजयी

२८. राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित

२९. कोहलपुर १४ मा कांग्रेसका नम बहादुर आले निर्वाचित

३०. नेपालगञ्ज ५ मा जसपाका सराफत खान निर्वाचित

३१. नेपालगञ्ज १९ मा कांग्रेसका प्रशुराम कुर्मी विजयी

३२. राप्तीसोनारी ६ मा राप्रपाका लबराज खरेल निर्वाचित

३३. राप्तीसोनारी ७ मा माओवादीका रामलखन थारु निर्वाचित

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १७:४९