सूचनाको शक्ति - The Power Of Information

        

जानकीमा अवरुद्ध भएको गणना सुचारु, फेरी कांग्रेसकै अग्रता

बाँकेको जानकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेसले फराकिलो अग्रता लिएको छ । गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादवले अग्रता लिएका हुन् ।

विवाद उत्पन्न हुँदा सोमबार अपरान्ह ५ बजे मतगणना रोकिएको थियो । उम्मेदवार र उनका प्रतिनिधीबीच सहमती भएपछि मंगलबार मध्यान्हतिर गणना सुरु भएको हो ।

कांग्रेसका खाँले अहिलेसम्म २८३५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार हिमान्सु यादवले १७८५ मत प्राप्त गरेका छन्, भने  जनता समाजवादी पार्टी(जसपा)का राजिव बर्माले १७३९ मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी रामप्यारीले २९७० मत प्राप्त गरेकी छन् । उपाध्यक्ष पदमै माओवादी केन्द्रका रक्षाराम वर्माले १४९२ मत र एमालेकी भुमिसरा धितालले ११०७ मत प्राप्त गरेकी छन् ।

हालसम्म ७३९२ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म जानकी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना ५८४५ र वडा नम्बर ३ को २७९७ मत गणना गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १७:४२