सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा विष्टको झन् फराकिलो अग्रता, मिश्रभन्दा ६७९२ मतले अगाडी

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् ।

भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा जारी पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले १२८०६ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले ६०१४ मत ल्याएका छन् । तेस्रो भएका राप्रपाका नन्दलाल बैश्यले ५१५५ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले १०४२३ मत ल्याएर अग्रता लिइरहेका छन् । यस्तै राप्रपाकी विन्दु चर्तीमगरले ६६६१ र नेकपा एमालेकी शान्ति ढकालले ५७१७ मत प्राप्त गरेकी छन् ।

Nepalgunj Updet1652785848.jpg

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार १७:४०