सूचनाको शक्ति - The Power Of Information

        

अहिलेसम्म दुई सय ४६ पालिकाको नतिजा सार्वजनिक : प्रमुखदेखि वडा अध्यक्षसम्म कुन दलको कति ?

पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म दुई सय ४६ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । नेपाली कांग्रेसले १ सय १४ वटा पालिकाको प्रमुख जितेको छ ।

त्यस्तै एमालेले ६८ वटा र माओवादी केन्द्रले ५३ वटा पालिकाको प्रमुख जितेको निर्वाचन आयोगको विवरण छ । एकीकृत समाजवादीले ४, स्वतन्त्र तथा अन्य दलले गरी ७ वटा पालिकामा प्रमुख जितेका छन् ।

उपप्रमुख/उपाध्यक्ष

उपप्रमुख तथा उपाध्यक्षमा पनि कांग्रेस अगाडि छ । कांग्रेसले एक सय ७ पालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । एमालेले ६९, माओवादी केन्द्रले ५४, एकीकृत समाजवादीले ८ र अरु दल तथा स्वतन्त्रले ८ वटा पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेकाे आयोगले जनाएको छ ।

वडाअध्यक्ष

मत परिणाम सार्वजनिक भएका पालिकामध्ये सबैभन्दा धेरै नेपाली कांग्रेसले १४ सय ६ वटा वडामा अध्यक्ष जितेको छ । त्यस्तै एमालेले ११ सय ४३, माओवादी केन्द्रले ६४४, एकीकृत समाजवादीले ९२ र स्वतन्त्र तथा अन्य दलले २९३ वटा वडामा अध्यक्ष जितेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ११:५६