सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा ३७ वटा पालिकाको नतिजा सार्वजनिक, कांग्रेस पहिलो

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३७ वटाको मतगणना सम्पन्न भएको छ ।

मतगणना सकिएका ३७ स्थानीय तहमध्ये नेपाली कांग्रेस १६ वटा पालिकामा विजयी भएको छ । नेकपा एमाले १३ वटा पालिकामा विजयी भएको छ भने नेकपा माओबादी केन्द्र ८ वटा पालिकामा विजय भएको छ ।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :-

  • डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थी
  • डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की
  • अछाम ढाकरी गाउँपालिका–प्रकाशबहादुर साउद
  • अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल
  • अछामको  बान्नीगढीमा – टेक बहादु साँउद
  • अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
  • अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद
  • बझाङको मष्टा गाउँपालिका –   ज्ञानबहादुर बोहरा
  • डोटीको आर्दश गाउँपालिका–गणेशबहादुर खड्का
  • डोटी सायल गाउँपालिका –  धर्मराज जोशी
  • डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
  • डोटीको पूर्वीचौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय
  • बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
  • बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी
  • बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया
  • कञ्चनपुरको बेलडाँडी गाँउपालिका–  हरिशचन्द्र राना

नेकपा एमाले विजयी भएका पालिकाहरू:-

  • कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी
  • कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
  • बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया
  • बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा
  • बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
  • दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
  • दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
  • दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल
  • दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी
  • दार्चुलाको दुहु गाँउपालिका –नरेन्द्र बहादुर बडाल
  • बैतडीको पन्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
  • बैतडीको सुर्नया गाउँपलिका  अम्मर कुँवर
  • डोटीको जोरायल गाउँपालिका – दुर्गादत्त ओझा

नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू :-

  • दार्चुलाको नौगाड गाउँपालिका –दलजीत सिंह धामी
  • दार्चुलाको मार्मा गाउँपालिका –  जमनसिंह धामी
  • दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर
  • दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी
  • डोटीको बोकटान फुड्सिल गाउँपालिका –कमलबहादुर गड्सिला
  • डडेल्धुरा आलिताल गाउँपालिका –  शेरसिंह पार्की
  • डडेल्धुराको अजयमेरु गाँउपालिका – उमेशप्रसाद भट्ट
  • बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ११:४१