सूचनाको शक्ति - The Power Of Information

        

बालेनको मत १० हजार माथि, स्थापित र सिर्जनाको भन्दा कति बढी?

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १० हजार २४१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन्।

एमालेका उम्मेदवारभन्दा बालेन ४ हजार ७८८ मतले अगाडी छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छन्।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ। अहिले ३, ४, ५, ६, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०८:५३