बुंगल नगरपालिकामा ८ वटा वडासहित गठबन्धन बिजयी भएको छ ।
मेयरमा नेपालीका कांग्रेसका उम्मेद्वार जयबहादुर धामी बिजयी भएका छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार धनबहादुर बोहरा बिजयी भएका छन् ।
मेयरमा कांग्रेसका उम्मेद्वार जयबहादुर धामीले निकटम प्रतिस्पर्धी नेकपा एमालेका धनदेवी कुँवरलाई मतले पछि पारे भने उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेद्वार धनबहादुर बोहराले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार अम्मराज जोशीलाई मतले बिजयी भएका छन् ।
मेयर पदका लागि जयबहादुर धामीले ७६१५ मत प्राप्त गरे भने धनदेवी कुँवरले ३२७१ मत प्राप्त गरिन् । उपमेयर पदका लागि धनबहादुर बोहराले ६६४६ मत प्राप्त गर्दा अम्मराज जोशी २९३२ मत प्राप्त गरे ।
११ वडा रहेको बुङ्गल नगरपालिकामा ८ वडामा गठबन्धन बिजयी भएको छ भने ३ वडामा स्वतन्त्रले जितेका छन् । वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका कस्सो बोहराले ८४८ मत प्राप्त गरि बिजयी भए भने नेकपा एमालेका अक्कल बोहराले ४८६ मत मात्रै प्राप्त गरे ।
वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका बिरे धामीले ७८१ मतका साथ बिजयी भए भने नेकपा एमालेका अर्जुन धामीले ३७४ मत प्राप्त गरि पराजित भए ।
वडा नम्बर ३ मा नेपाली कांग्रेसका धर्मराज जोशीले ५०७ मत प्राप्त गरेर बिजयी भए भने स्वतन्त्र तर्फका करे धामीले ४५२ मत र नेकपा एमालेका बहादुर बोहरा २८३ मत प्राप्त गरि पराजित भए ।
वडा नम्बर ४ मा नेपाली कांग्रेसका गणेश कार्कीले ५९४ मत प्राप्त गरि बिजयी भए भने स्वतन्त्र उम्मेदवार राम कार्की २७९ मत र नेकपा एमालेका आनन्द कार्कीले ५८ मत प्राप्त गरि पराजित भए ।
वडा नम्बर ५ मा स्वतन्त्र उम्मेद्वार निराजन कुँवर दिपक प्यानलसहित ६०३ साथ बिजयी भए भने नेकपा एमालेका प्रयाग धामी २७० र नेकपा एकीकृत समाजवादीका नन्दु धामी ३३ मत प्राप्त गरि पराजित भए ।
वडा नम्बर ६ मा स्वतन्त्र उम्मेद्वार राम देवारले ६२९ मत प्राप्त गरि बिजयी भए भने नेकपा एमालेका हिक्मत बिकले ४२१ र नेपाली कांग्रेसका ज्ञानेन्द्र सिंहले ३६२ मत प्राप्त गरि पराजित भए ।
वडा नम्बर ७ मा एकीकृत समाजवादीका टंकप्रसाद जोशीले ४८९ बिजयी भए भने नेकपा एमालेका केशबराज जोशी ३४२ मत प्राप्त गरि पराजित भए ।
वडा नम्बर ८ मा स्वतन्त्र उम्मेद्वार लोकेन्द्र जाग्रीले ५०७ मत प्राप्त गरि बिजयी भए नेकपा एमाले बिरबहादुर बोहरा ४२३ मत र नेपाली कांग्रेस गोपाल सिंह बोहरा १९० मत प्राप्त गरि पराजित भए ।
वडा नम्बर ९ मा नेपाली कांग्रेसका हरिश सिंहले ६८४ मत प्राप्त गरि बिजयी भए भने स्वतन्त्र उम्मेदवार मानबहादुर विष्ट १८२ र नेकपा एमालेका मदनराज जोशी ८७ मत प्राप्त गरि पराजित भए ।
वडा नम्बर १० मा नेपाली कांग्रेसका प्रेम ओखेडा ३११ मत प्राप्त गरि बिजयी भए भने नेकपा एमालेका गणेश पुजारा २६१ मत प्राप्त गरि पराजित भए ।
र वडा नम्बर ११ मा नेकपा एकीकृत समाजवादीका लोकराज जोशीले ५३४ मत प्राप्त गरि बिजयी भए भने नेकपा एमालेका मोहन कुमार बोहरा २८८ मत प्राप्त गरि पराजित भए ।
सत्यपाटी । बझाङ ।