सूचनाको शक्ति - The Power Of Information

        

अछाम जिल्लाको ७ स्थानीय तहको मतपरिणम सार्वजनिक

अछाम जिल्लाको ७ स्थानीय तहको मतपरिणाम आएकाे छ जसमा ५ वटा स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ भने १ स्थानीय तहमा नेकपा एमाले तथा १ स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका बान्नीगढी जयगढ गाउँपालिका ,रामारोशन गाउँपालिका र चौरपाटी गाउँपालिका प्रमुखमा नेपाली कांगेस विजयी भएको छ ।

ढकारी गाउँपालिकामा नेपाली का‌ंग्रेसका प्रकास बहादुर साउद, कमलबजारनगरपालिकामा यज्ञ प्रसाद ढकाल, रामारोशन गाउँपालिकामा मान बहादुर साउद, बान्नी गढीजयगढमा टेक बहादुर साउद र चौरपाटी गाउँपालिकामा भिम बहादुर साउदले प्रमुखमा विजय हासिल गर्नुभएकाे छ ।

जिल्लाको तुर्माखाद गाउँपालिकामा नेकपा एमालेका डम्बर बिसि, नेकपा माओवादी केन्द्रबाट मेल्लेख गाउँपालिकामा ज्वाला साउद विजयी हुनु भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०८:४४