सूचनाको शक्ति - The Power Of Information

        

रोल्पाको रुन्टिगढी गाउँपालिकामा कांग्रेस विजयी

रोल्पाको रुन्टिगढी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका जनक पुन ४ हजार ३ सय ९१ मतकासाथ विजयी हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका गोविन्द पुनले ३ हजार ७ सय ८ ल्याउँदा नेकपा एमालेका यामबहादुर दशौँदीले ३ हजार ५ सय ८७ मत पाउनुभएको छ ।

उपाध्यक्षमा पनि कांग्रेसकै सरीता केसी ४ हजार ४ सय ३७ मतका साथ विजयी हुँदा एमालेकी हस्तमाली बाँठाले ३ हजार ७ सय ८ र माओवादीकी कौशीला जीसीले ३ हजार ६ सय २८ मत ल्याउनु भएको छ ।

यसअघि नेकपा एमालेले जितेको यो गाउँपालिकामा ९ वटा वडा रहेका छन् । ९ वटा वडामा तीन दलले ३/३ वटै जितेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०८:४२