सूचनाको शक्ति - The Power Of Information

        

भरतपुरमा रेणु दाहालको अग्रता कायमै‚ पछ्याउँदै विजय सुवेदी

चितवनको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की  रेणु दाहाल र नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ।

दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा नम्बर ४ को गणना सकिँदा दाहालले ३० मतले अग्रता लिएकी हुन्। दाहालले ५ हजार ७१८ मत र सुवेदीले ५ हजार ६८८ मत प्राप्त गरेका छन्।

स्वतन्त्रबाट उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत प्राप्त गरेका छन्र्नु। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ९८५ र राप्रपाका हिमला गुरुङले ४ हजार ६४५ मत प्राप्त गरेका छन्र।

मंगलवार बिहान सार्वजनिक गरिएको पछिल्लो नतिजा अनुसार‚ वडा नम्बर ४ को गणना सम्पन्न हुँदा कांग्रेसका अर्पण पोखरेल २ हजार ५३० मतका साथ विजयी भएका छन्।

एमालेका उम्मेदवार भानुभक्त सापकोटाले १ हजार ६३३ र राप्रपाका चर्तुभुज कँडेलले ८८० मत प्राप्त गरेका छन्। वडा नम्बर ५ को मतगणना थालिएको छ। भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०८:३६