सूचनाको शक्ति - The Power Of Information

        

जानकी गाउँपालिकामा मतगणना स्थगित, एमालेका प्रतिनिधी बाहिरिए

बाँकेको जानकी गाउँपालिकामा मतगणना स्थगित भएको छ ।

सोमबार अपरान्ह ५ बजेदेखी बन्द भएको गणना अझै सुरु हुन सकेको छैन । उक्त गाउँपालिकामा कांग्रेसका छब्बन खाँ र रामप्यारी यादवले भारी मतले अग्रता लिएका थिए ।

मतगणना चलिरहेका बेला एमालेका प्रतिनिधीले असन्तुष्टी जनाउँदै बाहिर निस्केपछि बन्द भएको हो । एमालेले पुनः मतगणना गर्नुपर्ने माग गरेको छ, भने कांग्रेस, जसपा, माओवादी लगायत दलले मतगणनालाई अगाडी बढाउनुपर्ने बताइरहेका छन् ।

मतगणना सञ्चालन गराउने प्रयास जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ०८:२८