नेपालगन्ज उप–महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टको भारी भतअन्तर कायमै रहेको छ ।
हालसम्मको मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले ६६८७ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले ३५९३ मत ल्याएका छन् । विष्ट र मिश्रबीच ३०९४ मतको अन्तर रहेको छ । तेस्रो भएका राप्रपाका नन्दलाल बैश्यले २९५९ मत प्राप्त गरेका छन् । विष्ट र मिश्रबीच ३ हजार १ सय ४५ मतको अन्तर रहेको छ ।
यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्दीन राईले ५७१६ मत ल्याएर अग्रता लिइरहेका छन् ।
यस्तै राप्रपाकी विन्दु चर्तीमगरले ३६७७ र नेकपा एमालेकी शान्ति ढकालले ३४४९ मत प्राप्त गरेकी छन् ।
मुख्य निर्वाचन अधिकृत कार्यालयका (सहायक निर्वाचन अधिकृत) नगेन्द्र चौलागाईका अनुसार अहिलेसम्म वडा नम्बर १, २, ३, २०, २१, २२ र २३ को मतगणना सम्पन्न भएको छ ।
अहिले वडा नम्बर ४, ५ र १९ नम्बर वडाको गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सत्यपाटी । बाँके ।