सूचनाको शक्ति - The Power Of Information

        

कालिकाेटकाे पलाँता गाउँपालिकामा माओवादी विजयी

कालिकोटको पलाँता गाउँपालिका अध्यक्षका माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर रोकाया विजयी हुनुभएकाे छ ।

रोकाया २ हजार २ सय ९२ मत ल्याएर विजयी हुनुभएकाे हाे । रोकायाका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशरसिंह बमले १ हजार ४ सय १३ मत प्राप्त गर्नुभयाे ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा १ हजार ७ सय ४३ मतका साथ माओवादी केन्द्रकै अलैपुरा जैसी विजयी हुनुभयाे । जैसीका प्रतिद्वन्द्वी नेकपा एमालेका जलसाकुमारी बुढाले १ हजार ५ सय २३ मत प्राप्त गर्नुभयाे ।

पलाँता गाउँपालिकाको वडा नं. १,२,३,४,६ र ८ मा माओवादी, ५ र ९ मा नेपाली कांग्रेस र ७ मा स्वतन्त्र उम्मेदवार उमेश बम विजयी हुनुभएकाे छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १६:५२