बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.४ मा नेकपा माओवादी केन्द्रले भारी मतान्तरमा जित हात पारेको छ । आज बिहान आएको अन्तिम नतिजा अनुसार वडाध्यक्षमा मिनराज खड्का (सन्तोष) सहित पुरै प्यानल भारी मतले जितेको हो ।
अध्यक्ष खड्काले प्रतिद्वन्द्वी काँग्रेसका कान्छा थारुसँग ७०४ मतान्तरले जितेका हुन् । अध्यक्ष पदमा विजेता खड्काले १ हजार ९६१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी थारुले १ हजार २५७ मत ल्याएका छन् । एमालेले ५९७ मत र राप्रपाले २२ मत प्राप्त गरेको छ ।
यसैगरी माओवादीबाटै सदस्यहरु मगरे थारु, मदन थारु, दलित सदस्य नुमा विक महिला सदस्य सोहनी थारु विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मतले कान्छा थारुसँगै हार व्यहोरेका मिनराज यसपटक विजयी भएका हुन् ।
सत्यपाटी । बाँके ।