बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारहरुको अग्रता कायमै छ ।
नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवाहरुले अग्रता कायमै राखेका हुन् । हालसम्म ७४८० मत गणना हुँदा नगर प्रमुखमा कांग्रेसका पूर्णप्रसाद आचार्यले २३८४ मत पाएका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । एमालेका खिलप्रसाद भुषालले १९८८ र नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानले १८९३ मत ल्याएका छन् । नगर प्रमुखमा आचार्य ३९६ मतले अघि छन् ।
यस्तै उपप्रमुखमा कांग्रसकी संगिता पौडेलको २५०२, एमालेकी अस्मिता थारुको २०८८ र नेकपा एकीकृत समाजवादीकी नारायणी वली ८८७ मत रहेको छ । नगर उपप्रमुखमा संगिता ४१४ मतले अघि छन् ।
सत्यपाटी । बाँके ।