सूचनाको शक्ति - The Power Of Information

        

बालेन अहिलेसम्म २२ सय मतले अगाडि

 काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनले शुरुवाति अग्रता कायम गरेका छन्। अहिलेसम्म भएको मत परिणाम अनुसार बालेनले ४ हजार ४ सय ४६ मत प्राप्त गरेका छन्।

काठमाडौँ महानगरपालिकाका एमाले उम्मेदवार केशव स्थापितले अहिलेसम्म २ हजार ४ सय ५ मत ल्याएका छन्। बालेन र स्थापितको अहिलेसम्म २२४२ मतको अन्तर रहेको छ।

यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अहिलेसम्म २ हजार २ सय २४ मत ल्याएकी छन्। स्थापित र सिंहबिच १८१ को अन्तर रहेको छ ।

हाल काठमाडौँ महानगरपालिकाको वडा नं १,२,३,४,५, ३१ र ३२ को मत गणना भईरहेको छ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०६:४३