सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर-१५ मा कांग्रेसको प्यानलै विजयी

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १५ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ ।

कोहलपुर वडा नम्बर १५ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार दिपेन्द्रकुमार चौधरीको प्यानल विजयी भएको हो ।

चौधरीले १ हजार १९८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ६७९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १७:१८