सूचनाको शक्ति - The Power Of Information

        

३२ पालिकाको मत गणना सकियो, कहाँ कसले जिते ? (सूचीसहित)

स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ । केहीमा भने अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम नतिजा सार्वजनिक भएका ३२ पालिकामध्ये नेकपा एमालेले १३ र नेपाली कांग्रेसले ९ पालिकामा जित हात पारेका छन् । यस्तै नेकपा माओवादीले ८ पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन् ।

नेकपा एमाले जितेको पालिकाहरू

– मनाङको मनाङ ङिस्याङ गाउँपालिका – अध्यक्ष कान्छा घले
– मनाङको चामे गाउँपालिका – अध्यक्ष लोकेन्द्रबहादुर घले
– मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका – अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – अध्यक्ष रिङजिन नामगेल गुरूङ
– मुस्ताङको लोमान्थाङ गाउँपालिका – अध्यक्ष टसीन्वर्वु गुरूङ
– डोल्पाको से–फोक्सुण्डो गाउँपालिका – अध्यक्ष धावा सम्डुङ गुरुङ
– सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका – अध्यक्ष मिङ्माछिरि शेर्पा
– बझाङको साइपाल गाउँपालिका – अध्यक्ष मानबहादुर बोहोरा
– नवलपुरको बौदीकाली गाउँपालिका – अध्यक्ष प्रकाश ओझा
– बझाङको थलारा गाउँपालिका – अध्यक्ष प्रकाश रोकाया
– मुस्ताङको थासाङ गाउँपालिका – अध्यक्ष प्रदिप गौचन
– म्याग्दीको मालिका गाउँपालिका – अध्यक्ष वेगप्रसाद गर्वुजा
– तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका – अध्यक्ष यादवबहादुर खापुङ

नेपाली कांग्रेस जितेको पालिकाहरू

– मनाङको नार्पा भूमी गाँउपालिका – कोन्जो तेन्जीङ लामा
– मनाङको नासोँ गाउँपालिका – धनबहादुर गुरुङ
– मुस्ताङको घरपोभ –ङ गाउँपालिका – मोहनसिंह लालचन
– गुल्मीको रेसुङ्गा नगरपालिकामा – खिलध्वज पन्थी
– गन्यापधुरा गाउँपालिका– अध्यक्ष ईन्द्रबहादुर कार्की
– गुल्मीको गुल्मीदरबार गाउँपालिका – अध्यक्ष सरोजकुमार थापा
– डोटीको बडीकेदार गाउँपालिका – अध्यक्ष भैरवबहादुर साउद
– हुम्लाको खार्पुनाथ गाउँपालिका – अध्यक्ष कर्णबहादुर रावल
– बागलुङको तमानखोला गाउँपालिका – अध्यक्ष जोकलाल बुढा

नेकपा माओवादी केन्द्रले जितेको पालिकाहरू

– डोल्पाको जगदुल्ला गाउँपालिका – अध्यक्ष नारसिङ रोकाय
– दैलेखको नौमुले गाउँपालिका – अध्यक्ष छविराम सुवेदी
– बाग्लुङ ताराखोला गाउँपालिका – अध्यक्ष धनबहादुर विक
– उदयपुर लिम्चुङबुङ गाउँपालिका – अध्यक्ष मेजरकुमार राई
– रोल्पाको थवाङ गाउँपालिका – अध्यक्ष ऋषिकेशव बुढामगर
– खोटाङको जन्तेढुंगा गाउँपालिका – अध्यक्ष अरूणादेवी राई
– दार्चुलाको नौगाड गाउँपालिका – अध्यक्षमा दलजितसिंह धामी
– दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्ष – भगतसिंह ठेकरे (बोहरा)

नेकपा एकीकृत समाजवादी जितेका पालिकाहरू

– डोल्पाको छार्का साङतोङ गाउँपालिका – अध्यक्ष सेनाङ गुरुङ
– डोल्पाको काइके गाउँपालिका – अध्यक्ष अंगदकुमार राना

 

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १७:११