सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–२ मा राप्रपा विजयी

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले खाता खोलेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा राप्रपाका उम्मेदवार निर्वाचित भएका छन् ।

राप्रपाका मनोज श्रेष्ठ ५५० मत प्राप्त गरी निर्वाचित भएका हुन् । यसअघि उक्त वडा नेपाली काँग्रेसले जितेको थियो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रदीप श्रेष्ठले ५३४ मत प्राप्त गरेका छन् ।

राप्रपाका विजयी उम्मेदवार मनोज र निकटतम प्रतिद्वन्द्वी प्रदीपबीच १६ मतको अन्तर छ । यस्तै वडा नम्बर २ मा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवारले २९३ मत प्राप्त गरेका छन् । उनी तेस्रो स्थानमा समेटिएका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १७:०९