सूचनाको शक्ति - The Power Of Information

        

‘रिपोर्टिङ’ गर्न युनियनद्वारा पत्रकारलाई सहयोग

प्रेस युनियन बाँके शाखाले जिल्लाका पत्रकारहरुलाई रिपोर्टिङ गर्न सहज वातावरण सृजना गरेको छ । समाचार संकलन तथा सम्प्रेशन गर्नका लागि भेरी प्राविधिक शिक्षालयमा पत्रकारहरुलाई असहजता भएका कारण युनियनले सहजता पुर्याएको हो ।

युनियनले सहजरुपमा पत्रकारले समाचार सम्प्रेशन गरुन भन्ने उद्देश्यका साथ हाईस्पिड इन्टरनेट सेवासहित भेरी प्राविधिक शिक्षालयमा मिडिया सेन्टर संचालन गरेको छ ।

प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेपालगन्ज उपमहानगरपालिकाको हकमा भेरी प्राविधिक शिक्षालयमा मतगणना जारी भई रहँदा पत्रकारलाई सहजरुपमा मतगणनाको अपडेट दिन निर्वाचन कार्यालयले त्यति चासो नदेखाएकाले युनियनले इन्टरनेल र कोठाको व्यवस्था गरेको बताउँछन् ।

युनियनले शनिबारदेखि मिडिया सेन्टर संचालन गरेको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १६:४७