काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले लगातार अग्रता लिएका छन् ।
आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्जजनिक गरेको मतपरिणाम अनुसार बालेनले अहिलेसम्म २८२० पाएका छन् ।
त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् ।
शनिबार सुरु गरिएको मतगणनामा हाल काठमाडौं उपमहानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
सत्यपाटी । काठमाडौं ।