सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन

कोहलपुरमा गठबन्धनलाई उछिन्दै कांग्रेसले लियो अग्रता

बाँकेको कोहलपुर नगरपालिकामा गठबन्धनलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।

नगर प्रमुख पदमा कांग्रेसका पूर्णप्रसाद आचार्यले १३२४ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले १०६२ मत ल्याएका छन् ।

सुरुवातदेखि नै तेस्रो स्थानमा रहेको नेकपा एमालेका तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार खिलप्रसाद भुसालले १०५० मत प्राप्त गरेका छन् ।

यस्तै नगर उपप्रमुखमा नेपाली कांग्रेसकी संगिता सुवेदीले १३४३ मत प्राप्त गरी अग्रता लिएकी छन् । नेकपा एमालेकी अस्मिता चौधरीले ११९३ मत ल्याएकी छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीकी नारायणी ओलीले ५७९ मत प्राप्त गरेकी छन् । कोहलपुरमा अहिलेसम्म ३८३१ मत गणना भइसकेको छ । कोहलपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १४:४५