सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंको शंखरापुरमा एकीकृत समाजवादीको अग्रता

काठमाडौंको शंखरापुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

वडा नम्बर १ र ९ को मतगणना सम्पन्न भएर वडा नम्बर २ र ८ को मतगणना हुँदा नगर प्रमुखमा समाजवादीका उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठले १ हजार ३५४ मत पाएर अग्रता लिएका छन् ।

दोस्रोमा उनका प्रतिस्पर्धी एमालेका कृष्णलाल बजगाईँले १ हजार ३५२ मत पाएका छन् । तेस्रोमा राप्रपाका रमेश नापितले १ हजार १७९ मत पाएका छन् । शंखरापुर वडा नम्बर १ मा माओवादी केन्द्र र वडा नम्बर ९ मा नेपाली काँग्रेसले वडाध्यक्ष हात पारेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १४:२२