सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा मतगणना चलेकै बेला किन भक्तपुर पुगे ‘बालेन’

युवा उम्मेदवार बालेन शाह आइतबार भक्तपुर पुगेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर मतगणना अनुसार अग्रता हासिल गर्दै आएका उनी बिहान भक्तपुर आएका हुन् ।

उनी भक्तपुर नगरपालिका २ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् । उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण उनी भक्तपुर आएका हुनसक्ने अनुमान गरिएको छ ।

आफूले कुनै पार्टी रोज्नुपर्दा कुन पार्टी रोज्नुहुन्छ ? भन्ने पत्रकारहरुको जिज्ञासामा उनले नेपाल मजदुर किसान पार्टी रोज्छु भन्दै आएका छन् । साथै उनले नेपाल मजदुर किसान पार्टीले जितको भक्तपुर नगरपालिका उदाहरणीय नगरपालिका भएको पनि भन्दै आएका छन् ।

आफू काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भए भक्तपुरमा जस्तो काम गर्ने उनले बताउँदै आएका छन् । भक्तपुर जस्तो सफा, कला संस्कृति जगेर्ना गर्ने नगरपालिका बनाउँंछु भनी उनले अन्तर्वार्तामा भन्दै आएका छन् । बालेन भक्तपुर पुगेपछि उनीसँंग सेल्फी खिच्नेहरुको भीड लागेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १४:०६