सूचनाको शक्ति - The Power Of Information

        

जुम्लाको कनाकासुन्दरी–८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायलाई प्रतिनिधित्व गर्दै कामीले प्यानलै बनाएका थिए ।

चुनावमा आफ्नो समुदायलाई टिक नै नदिएको भन्दै उनीहरुले समूदायको प्रतिनिधित्व गर्दै धनबहादुरसहित तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् ।

महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजयी भएकी छन् । कनकासुन्दरी–८ मा वडाध्यक्षसहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १३:०९