देशभरका स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसैबीच ६ महानगरपालिकामध्ये ५ वटामा सत्तारुढ दलका उम्मेदवारले अग्रता लिइरहेको छ ।
काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । अरु ५ वटा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको हो ।
गठबन्धनका उम्मेदवारले भरतपुर, पोखरा, ललितपुर, विराटनगर र वीरगंज महानगरपालिकामा अग्रता लिइरहेका छन् ।
नेकपा एमालेका उम्मेदवार भने ६ वटै महानगरपालिकामा दोस्रो स्थानमा छ । महानगरको उपप्रमुखको हकमा भने एमालेले काठमाडौं, ललितपुर र विराटनगरमा अग्रता लिइरहेको छ ।
सत्यपाटी । काठमाडौं ।