बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ । नेपालगन्जमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्ट मेयरका उम्मेदवार हुन् ।
विष्टले हालसम्म २१४० मत प्राप्त गरेका छन् भने अहिलेसम्मका मुख्य प्रतिस्पर्धीका रुपमा राप्रपाका मेयर उम्मेदवार नन्दलाल वैश्यले १०३३ मत प्राप्त गरेका छन् ।
नेपालगन्जमा अहिलेसम्मको मतपरिणामको आधारमा नेपाल एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका मेयर उम्मेदवार पशुपति दयाल मिश्राले अहिलेसम्म ९६८ मत प्राप्त गरेका छन् ।
उपमेयर पदमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका कमरुद्दीन राई उपमेयरका उम्मेदवार हुन् ।
राईले हालसम्म १४४२ मत प्रापत गरेका छन् भने मुख्य प्रतिस्पर्धी राप्रपाका बिन्दु चर्ति मगरले १०८४ मत पाएका छन् ।
उपमेयरमा पनि एमलेले अहिलेसम्म तेस्रो मत मात्र पाएको छ । एमालेका उपमेयर उम्मेदवार शान्तिदेवी ढकालले ८८४ मत मात्र पाएका छन् ।
सत्यपाटी । बाँके ।