सूचनाको शक्ति - The Power Of Information

        

दैलेखको नारायण नगरपालिकाको मतगणना स्थगित

दैलेखको नारायण नगरपालिकामा दलका प्रतिनिधिहरूबीच विवाद भएपछि मतगणना स्थगित भएको छ ।

नेपाली कांग्रेस प्रतिनिधिहरूले नगरपालिकाको वडा नम्बर २ मा पुनः मतगणना गर्न माग गरेपछि मतगणना रोकिएको हो ।

एमालेका कार्यकर्ताहरूले भने गणना भएको परिणाम सार्वजनिक गर्न भन्दै मतगणनास्थल बाहिर नाराबाजी गरेका छन् । कांग्रेस प्रतिनिधिहरू अहिले मतगणना स्थलवाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १२:३४