सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा प्रशान्त र कमरुद्दिनको अग्रता कायमै

नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट २१४० मतका साथ अग्रस्थानमा छन् ।

दोस्रोमा रहेका नन्दलाल बैश्यले १०३३ र तेस्रो स्थानमा रहँदै एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाएका छन् ।

यस्तै उपमेयरमा जसपाका कमरुद्दिन राईको १४४२, राप्रपाकी विन्दु चर्ती मगरको १०८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालको ८८४ मत आएको छ ।

नेपालगन्जमा वडा नं. २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ । नेपालगन्जमा ८१,७९४ मतदातामध्ये ६१,२०५ मत खसेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १२:१२