सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन

देशभर २१ स्थानीय तहको अन्तिम मत परिणाम, कांग्रेस–एमाले टक्कर

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तरगत देशभर हालसम्म २१ वटा स्थानीय तहको अन्तिम परिणाम आइसकेको छ । जसमा नेकपा एमाले र नेपाली कांग्रेस बराबरीमा छन् ।

एमालेले ८ र नेपाली कांग्रसले ८ पालिका जितेका छन् । माओवादी केन्द्रले ३ तथा नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख जितेका छन् । एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जिते बाहेक अन्यत्र सफलता पाएको छैन ।

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१. शे–फोक्सुण्डो गाउँपालिका – डोल्पा
२. चामे गाउँपालिका – मनाङ
३. ङिस्याङ गाउँपालिका – मनाङ
४. घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५. लोमन्थाङ गाउँपालिका – मुस्ताङ
६. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका – मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका – सोलुखुम्बु
८. साइपाल गाउँपालिका – बझाङ

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१. नार्पाभूमी – मनाङ
२. घरपोझोङ – मुस्ताङ
३. नासो गाउँपालिका – मनाङ
४. गुल्मी दरबार गाउँपालिका – गुल्मी
५. गन्यापधुरा गाउँपालिका – डडेलधुरा
६. मुसिकोट नगरपालिका – गुल्मी
७. खार्पुनाथ गाउँपालिका – हुम्ला
८. बडिकेदार गाउँपालिका – डोटी

माओवादी केन्द्रले जितेका स्थानीय तह

१. जगदुल्ला गाउँपालिका – डोल्पा
२. नौमुले गाउँपालिका – दैलेख
३. ताराखोला गाउँपालिका – बागलुङ

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१. काइके गाउँपालिका – डोल्पा
२. छार्का साङतोङ गाउँपालिका – डोल्पा

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १२:०१