सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उपमहानगरमा गठबन्धनका प्रशान्त अग्रस्थानमा

नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट १६५६ मतका साथ अग्रस्थानमा छन् ।

दोस्रोमा रहेका नन्दलाल बैश्यले ८५९ र तेस्रो स्थानमा रहँदै एमालेका पशुपतिदयाल मिश्रले ६५१ मत पाएका छन् ।

नेपालगन्जमा वडा नम्बर २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ११:३१