सूचनाको शक्ति - The Power Of Information

        

उम्मेदवारै नभएको ललितपुरमा रुख दोस्रो स्थानमा

ललितपुर महानगरमा उपमेयरमा रुख चिह्नमा समेत मत परेको छ । सत्ता गठबन्धनले तालमेल गरेको उक्त महानगरमा कांग्रेसको मेयर र माओवादी केन्द्रको उपमेयरको उम्मेदवार छन् ।

कांग्रेसले उपमेयर नउठाएको उक्त महानगरमा कांग्रेसको रुख चिह्नमा ३११ मत खसेको छ । जबकी, गठबन्धनबाट उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १६७ मत पाएका छन् ।

मेयरमा उम्मेदवारी नदिएको माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्मा १० मत परेको छ । उपमेयरमा एमालेका उम्मेदवारले पहिलो स्थानको मत पाएका छन् । एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले उपमेयरमा ४२० मत ल्याएकी छन् ।

ललितपुरमा कांग्रेसका मेयर चिरिबाबु महर्जन फराकिलो अन्तरले अघि छन् । उनले ८७७ मत ल्याउँदा एमालेका उम्मेदवारले ४०२ मत पाएका छन् । एमालेबाट हरिकृष्ण व्यञ्जनकार मेयरको उम्मेदवार छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १०:५९