काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन् । आज बिहानको ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् ।
उनी स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेत भन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए ।
नेपाली कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए । धुलिखेलको उपमेयरमा पनि एमालेकी लालतारा अधिकारी अगाडि छिन् ।
उनले १ हजार ४७२ मत पाएकी छन् । उनलाई नेपाली कांग्रेसका निराजन जंगमले १ हजार २६२ मतसहित पछ्याइरहेका छन् ।
सत्यपाटी । काभ्रे ।